• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सौतेनी आमाको हत्या आरोपमा एक पक्राउ



काठमाडौँ । सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३९ वर्षिया मिरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो । मिरा हत्या आरोपमा पक्राउ परेका प्रेमको सौतेनी आमा थिइन् ।

भगत पूरै परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आइरहेका थिए । शुरुमा मिराले आफँै आगो लगाई आत्महत्या गरेको भनिएपनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

सौतेनी आमासँग विवाद भएपछि प्रेमले चिरपट प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताउनु भयो । असार २३ गते शनिवार बिहान प्रेमले मिरासँग खानलाई माग्दा बासी भात दिएको भन्दै होटेलमै खान जान्छु, यहाँ खान्न भनेर बाहिर जान खोजेपछि आफूलाई गाली गर्दा विवाद भएको प्रेमले प्रहरी समक्ष बयान दिएको बताउनु भयो ।

उहाँकाअनुसार बुवाको नाम लिएर अनावश्यक गाली गर्न लागेपछि आफूले सौतेनी आमालाई धक्का दिएको र आफू माथी चिरपटले प्रहार गर्न खोजेपछि सोही चिरपट खोसेर पिठ्यँुमा हान्न खोज्दा टाउकोमा लागेर तत्काल मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् । चिरपट प्रहारबाट घटनास्थलमै मिराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।