५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: प्रदीप यादव

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: प्रदीप यादव
अ+ अ-

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाईदा नपुग्ने उहाँको भनाई थियो । आईतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकीर समेत गर्नु भयो ।

उहाँले संसद अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताउनु भयो । प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, ‘मुलुकलाई बन्धक बनाएर देशको अर्थतन्त्र धरासायी भएको बेलामा यसरी संसदलाई अवरुद्ध पारेर अहिले मुलुकले निकास पाउँदैन । झन मुलुक संकटमा फस्दै जान्छ । त्यसकारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन । संसदमा बहस गरेर समस्या समाधान हुन्छ । कुनै पनि इस्यु छ भने, कुनै पनि मुद्धा छ भने, कुनै पनि विषय छ भने संसदमा निर्धक्क राख्नुपर्छ । त्यो दलले आ–आफ्नो कुरा राख्नु पर्छ । र, त्यो समस्याको समाधान निकाल्नु पर्छ । संसदलाई बन्धक बनाएर, संसदलाई अवरुद्ध गरेर यो समस्याको समाधान हुँदैन । फेरी प्रमुख प्रतिपक्षलाई एउटा विज्ञप्तीमा कुरा मिलेन रे । चित्त बुझेन । प्रधानमन्त्री सचिवालयले जुन विज्ञप्ती निकालेको छ । त्यसको प्रमुख प्रतिपक्षको चित्त बुझेको छैन । त्यसैकारण आज पनि हाउस अवरुद्ध भयो । विज्ञप्तीको कुरा होस् वा सम्माननीय प्रधानमन्त्रीजीको जुन अभिव्यक्तिको कुरा आईराखेको छ । संसदमा जव प्रधानमन्त्रीजीले भनिसक्नु भएको छ कि म संसदमा कुरा राख्छु । र, मैले कुरा राखिसकेपछि सबैको चित्त बुझछ भने उहाँको विश्वास छ । त्यसकारण संसदमा त कुरा सुन्नु पर्छ ।

अव संसदमा कुरा नसुनिकन विज्ञप्तीको कुरा गरेर कसलाई फाईदा हुन्छ ? बताउनुस्त । प्रमुख प्रतिपक्षलाई फाईदा हुन्छ कि सत्ता पक्षलाई फाईदा हुन्छ ? घाटा त मुलुकलाई भयो । घाटा त नागरिकलाई हो । जुन नागरिकले मत दिएर हामीलाई जिताएर पठाएको छ । यस्तै नाटक गर्नका लागि ? कि काम गर्नका लागि ? संसद त जनताको न्यायको मन्दिर हो । यहाँबाट जनताले न्याय पाउँछ । हामी काम गर्ने बेलामा अव प्रत्येक दिन आउने अनि जाने । कि हाउस एक महिना, डेढ महिनाका लागि बन्द गर्नुपर्छ निर्वाचन क्षेत्रमा जाऊ ,। त्यहाँ गएर आफ्नो काम गरौं । आज मेरो निर्वाचन क्षेत्र वीरगंजमा जाने प्लान थियो । आज फेरी संसद अवरुद्ध भयो । त्यसकारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन । २०७४ सालमा म सांसद भएर आएको छु । त्यतिखेर काँग्रेस प्रमुख प्रतिपक्ष थियो । यति असहज उसले गरेन ।’

प्रमुख सचेतक यादवले संसद अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराउनु भयो ।