५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत: काँग्रेस सांसद

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत: काँग्रेस सांसद
file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताउनु भयो । त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताउनु भयो । उहाँले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताउनु भयो ।

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराउनु भयो ।उहाँले भन्नुभयो – ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो ।’

‘हामी त अपेक्षा के गर्छौं भने हरेक कमजोरीहरुलाई सुधार गर्दै कुनैपनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त ? पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच/पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ । हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो । त्यसबेलै राजीनामा हुन्थ्यो होला । जनताद्वारा निर्वाचित संसदले पाँच वर्ष काम गर्ने भनेको बिचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला ।’

‘राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन । विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न खोजेको कुरा प्रतिपक्ष दलको गल्ती थियो । अब समाधानमा पुग्छ । दुई, तीन दिन लगाएर अन्तत: फेरिपनि प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल निरन्तर रहनुहुनेछ । प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी कित्तामा रहेका जति साथीहरु संसद अवरुद्ध गर्न उभिनुभएको थियो उहाँहरु अब दुई दिन भित्रैमा शान्तपूर्वक बसेर संसद अगाडी बढेको हामीले देख्नेछौँ ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुन: पछि हटेको बताउनु भयो । उहाँले एमालले परिपक्व राजनीति नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमाले सत्तामा जान नपाएर छट्पटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ । फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ । फेरि थचक्क बस्छ । अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ । त्यसैले यो आक्रमण उहाँमाथिको भन्दापनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो ।’

काँग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गर्नुभयो । संसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘व्यवस्थापिका सांसद भनेको जनतासँग प्रत्यक्ष वार्ता गर्ने थलो पनि हो । समस्या समाधान गर्ने थलो पनि हो । त्यसलाई बन्द गर्नु भनेको जनताको मुख बन्द गर्नु हो । उहाँहरुको रणनीति कुनैपनि कुरामा संसद बन्द गरिहाल्ने यो ठिक होइन । प्रतिपक्षले सोध्न सक्छ, तर सोध्नका लागि बोल्नै दिन्न । संसद नै बन्द गर्ने ठिक होइन ।’

उहाँले निरन्तर संसद बैठक अवरुद्ध गर्नु नहुने बताउनु भयो ।