२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका यी तीन मानिस, जसले पासपोर्ट बिना जुनसुकै देशमा पनि यात्रा गर्न सक्छन्



अ+ अ-

एजेन्सी । विश्वमा पासपोर्ट प्रयोगमा आएको १०२ वर्ष भइसकेको छ । एकबाट अर्को देशमा यात्रा गर्नका लागि पासपोर्टको आवश्यक पर्छ ।

राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसमेत एक देशबाट अर्को देशमा यात्रामा निस्कँदा उनीहरुले समेत डिप्लोमेटिक पासपोर्ट राख्नुपर्छ ।

यद्यपि, विश्वका २०० भन्दा बढी देशहरुमा यस्ता तिन विशेष मानिस छन् जो बिना पासपोर्ट कुनैपनि देशमा पुग्न सक्छन् । साथै उनीहरुको पासपोर्टको बारेमा कसैले सोधीखोजी गर्दैन । उनीहरुलाई जुनसुकै देशमा गएपनि अतिरिक्त सेवासुविधा र प्रोटोकलका हिसाबले पूर्ण सम्मान समेत दिइन्छ ।

यी ती विशेष व्यक्तित्व बेलायतका राजा, जापानका सम्राट र रानी हुन् । चाल्र्स राजा बन्नुभन्दा पहिले यो विशेषाधिकार क्वीन एलिजावेथसँग थियो ।