• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ



सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो । रासस