१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजना पक्राउ



अ+ अ-

वीरगञ्ज । स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ परेका छन् । प्रहरीले वीरगञ्जबाट बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाललाई पक्राउ गरेको हो । 

उनीहरुले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहेका छन् भनेर सूचना आएपछि उनीहरुमाथि निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको थियो । 

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको बताए ।

स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।