२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक रविन तामाङको आज अन्त्येष्टि गरिँदै



अ+ अ-

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रकगायक तथा कलाकार रविन तामाङको आज अन्त्येष्टि गरिने भएको छ ।

अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको थियो ।

रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ ।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।

यस्तै, उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । हिन्दी थ्रिलर वेब सिरिज ‘दि लास्ट आवर’मा समेत रविनको अभिनय रहेको छ ।