१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्यौपानेको निधनले कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य रत्नप्रसाद शर्मा न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेको छ ।  पार्टी महासचिव ईश्वर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै पार्टीका अध्ययनशील, कर्तव्यनिष्ठ, निष्ठावान्, अनुशासित तथा इमान्दार योद्धा पूर्वसांसदको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । 

“पार्टी निर्माण तथा जनताको सेवामा सधैँ समर्पित एक असल योद्धा गुमाउनुपरेकामा हाम्रो पार्टीलाई मर्माहत बनाएको छ ”, शोक वक्तव्यमा भनिएको छ, “जाजरकोट जिल्लाले एक जना भरोसायोग्य नेता गुमाएको छ ।”

प्रतिनिधिसभामा विसं २०५६ मा निर्वाचित न्यौपानेको गए राति काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।  विसं २०२३ मा जाजरकोट जिल्लाको तत्कालीन सुवानाउली गाउँ विकास समितिको थान गाउँमा जन्मनुभएका  न्यौपानेले विद्यार्थी संगठनमा संगठित हुँदै एमालेको संस्थापक जिल्ला कमिटी सदस्य, जाजरकोट जिल्ला कमिटी सचिव, तत्कालीन भेरी अञ्चल समन्वय कमिटी सचिवको जिम्मेवारी बहन गर्नुभएको थियो ।