१ आश्विन २०८३, बिहीबार
,
Latest
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध



अ+ अ-

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएकोछ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।
 
अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताउनुभयो ।




भर्खरै