१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिपुरुष चलचित्रका लेखक मुन्तसिरले माफी मागे



अ+ अ-
काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तसिरले अन्ततः माफी मागेका छन् । चलचित्र रिलिज भएको एक महिनापछि आज उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् ।
चलचित्र रिलिजभएपछि चर्को आलोचना भएपछि बचाउमा उत्रिएका उनले अन्ततः करिब एक महिनापछि माफी मागेका छन् । सुरुमा उनले हनुमान भगवान होइन, हामीले बनाएका हौँ भन्दै आधुनिक युगमा पुरानो शैलीको रामायण कसैलाई मन नपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिँदै बचाउमा उत्रिएका थिए । तर नेपाल, भारत र श्रीलंकालगायतका देशमा चर्को आलोचना भएपछि उनले माफी मागेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आदिपुरुषका कारण भावनामा चोट पुगेको म स्वीकार गर्छु, सबै भाइ बहिनी, ठूलाबढा, पुज्यनिय साधु तथा सन्त र श्री रामका भक्तहरुसँग म हात जोडेर बिना सर्त क्षमा माग्छु । भगवान बजरंगबलीले हामी सबैलाई कृपा गरुन् । हामी एक र अटुट रहँदै आफ्नो पवित सनातन धर्मको सेवा गर्ने शक्ति प्रदान गरुन ।’
उनले यसअघि हनुमान भगवान नभइ सेवक भएको बताएका थिए ।