४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को गीतमा ३ मिनेट नाचेकी उर्वशीले लिइन् २ करोड !



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन अहिले फिल्म ‘पुष्पा २’ को सुटिङमा व्यस्त छन् । बलिउड अभिनेत्री उर्वशी रौतेला यस फिल्ममा आइटम नम्बर गर्दै देखिने चर्चा छ ।

एक रिपोर्टका अनुसार उर्वशीले यो ३ मिनेटको आईटम गीतका लागि २ देखि ३ करोड भारु शुल्क लिएकी छिन् । ‘पुष्पा २’ अर्को वर्ष रिलिज हुँदैछ । यसको बजेट करिब ३५० करोड रुपैयाँ रहेको बताइएको छ ।

द सियासत डेलीको रिपोर्ट अनुसार उर्वशीले यसअघि चिरञ्जीवी स्टारर तेलुगु फिल्म ‘वाल्टर वीरैया’ मा आइटम नम्बर गरेकी थिइन् । उनको फिल्मको ‘बोस पार्टी’ गीत निकै हिट भयो, त्यसपछि उर्वशीलाई ‘पुष्पा २’ को अफर आयो । उनको लोकप्रियता देखेर उर्वशीले निर्मातासँग २ देखि ३ करोड रुपैयाँ मागेकी छिन् ।

सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः पार्ट १’ मा सामन्थाले आइटम नम्बर गरेकी थिइन् । रिपोर्टका अनुसार यो ३ मिनेटको गीतको लागि सामन्थाले ५ करोड भारु लिएकी थिइन् । उनको गीत ‘उ अन्वा..’ निकै चर्चामा रह्यो । अब उर्वशीले दोस्रो भागमा कतिको जादू देखाउछिन् त्यो भने हेर्न फिल्म नै कुर्नुपर्ला ।