१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को गीतमा ३ मिनेट नाचेकी उर्वशीले लिइन् २ करोड !



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन अहिले फिल्म ‘पुष्पा २’ को सुटिङमा व्यस्त छन् । बलिउड अभिनेत्री उर्वशी रौतेला यस फिल्ममा आइटम नम्बर गर्दै देखिने चर्चा छ ।

एक रिपोर्टका अनुसार उर्वशीले यो ३ मिनेटको आईटम गीतका लागि २ देखि ३ करोड भारु शुल्क लिएकी छिन् । ‘पुष्पा २’ अर्को वर्ष रिलिज हुँदैछ । यसको बजेट करिब ३५० करोड रुपैयाँ रहेको बताइएको छ ।

द सियासत डेलीको रिपोर्ट अनुसार उर्वशीले यसअघि चिरञ्जीवी स्टारर तेलुगु फिल्म ‘वाल्टर वीरैया’ मा आइटम नम्बर गरेकी थिइन् । उनको फिल्मको ‘बोस पार्टी’ गीत निकै हिट भयो, त्यसपछि उर्वशीलाई ‘पुष्पा २’ को अफर आयो । उनको लोकप्रियता देखेर उर्वशीले निर्मातासँग २ देखि ३ करोड रुपैयाँ मागेकी छिन् ।

सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः पार्ट १’ मा सामन्थाले आइटम नम्बर गरेकी थिइन् । रिपोर्टका अनुसार यो ३ मिनेटको गीतको लागि सामन्थाले ५ करोड भारु लिएकी थिइन् । उनको गीत ‘उ अन्वा..’ निकै चर्चामा रह्यो । अब उर्वशीले दोस्रो भागमा कतिको जादू देखाउछिन् त्यो भने हेर्न फिल्म नै कुर्नुपर्ला ।