२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्री लुटेराले किन एक आँखामा पट्टी बाँध्ने गर्छन् ?



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । तपाईले फिल्ममा देख्नुभएको या कथामा सुन्नुभएकै होला कि समुद्री लुटेराले आफ्नो एक आँखामा किन पट्टी बाँध्ने गर्छन् । तर, के तपाईलाई यसपछाडिको कारण थाहा छ ?

समुद्री लुटेरा अँधेरो र उज्यालो दुबैमा राम्रोसँग देख्न पाउने कारण यसप्रकारको पट्टी प्रयोग गर्छन् । डकैतीको समयमा जहाजमा लुटेराले मल्टीपल एनवायरमेन्टको सामना गर्नुपर्छ । अर्थात् कहिले तेज प्रकाश त कहिले अँधेरोमा सक्रिय रहनुपर्छ ।

साधारणतया हाम्रो नर्मल आँखा तेज प्रकाशको तुलनामा अँधेरोमा आउँदा राम्रोसँग देख्न अधिक समय लाग्छ । यस प्रक्रियामा २५ मिनेटसम्म लाग्न सक्छ ।

यसकारण समुद्री लुटेरा हरेक समय आफ्नो एक आँखामा पट्टी बाँधेर राख्छन् ताकि उसको आँखा पहिले देखि नै समायोजित रहोस् ।

यसो गर्दा अँधेरो र प्रकाशको समस्या सामना गर्नुपर्दैन र छिटै प्रकाशको समायोजन हुन्छ ।