• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

गठबन्धनलाई ओलीको चुनौती– स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्यो त्यही आउछौँ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले दिएको चुनौति स्विकार्य रहेको बताएका छन् । शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलिले सत्तापक्षले बार्ताको लागि जहाँ बोलाएपनि आपूहरु भेट्न तयार रहेको बताएका हुन् ।

सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको नाम जोडेर झुट बोलेको आरोप लगाए ।

‘दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरिगरि भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्ली गएको होइन । उहाँले किन भन्नुहुन्छ तर म गएको छैन भनेर । प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो ।,’ ओलीले भने, ‘भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन् । संसदले सरकार बनाउँने दिल्ली बनाउँछ ।’

अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । उनले गठबन्धन सरकारले राष्ट्रियता र देशको सार्वभौम सत्तामाथि मजाक बनाईरहेको आरोप लगाए । उनले भने, ‘हामीले राजीनामा माग गर्यौं । संविधान र संसदको अपमान भयो । सार्वभौम सत्ताको मजाक उडाइयो अति भयो भनेर । यो कुरा मामुली कुरा होइन । हिजो बिहान फेरि गठबन्धनको बैठक बस्यो । उनीहरुले हामीलाई मसल ठटाएर आह्वान गरे। पार्लामेन्टमै भेटौंला ।’

उनले अगाडि थपे, ‘अब प्रतिपक्षले भेट्न त परिहाल्यो । उहाँले के का लागि सामना गर्छौ भनेका हो । उहाँले वार्ता गछौं समस्याको समाधान गछौं भन्नुभएन । उहाँहरुले सामना गछौं भन्नुभएको छ । प्रतिपक्षको तर्फबाट म भन्न चाहन्छु सत्तापक्ष पार्लामेन्टमा मात्रै होइन । जहाँ भन्छ त्यही तयार छौं । जहाँ भन्छ त्यही। स्पट तोकेर बोलाए हुन्छ ।’