२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई ओलीको चुनौती– स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्यो त्यही आउछौँ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले दिएको चुनौति स्विकार्य रहेको बताएका छन् । शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलिले सत्तापक्षले बार्ताको लागि जहाँ बोलाएपनि आपूहरु भेट्न तयार रहेको बताएका हुन् ।

सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको नाम जोडेर झुट बोलेको आरोप लगाए ।

‘दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरिगरि भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउँन दिल्ली गएको होइन । उहाँले किन भन्नुहुन्छ तर म गएको छैन भनेर । प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो ।,’ ओलीले भने, ‘भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन् । संसदले सरकार बनाउँने दिल्ली बनाउँछ ।’

अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । उनले गठबन्धन सरकारले राष्ट्रियता र देशको सार्वभौम सत्तामाथि मजाक बनाईरहेको आरोप लगाए । उनले भने, ‘हामीले राजीनामा माग गर्यौं । संविधान र संसदको अपमान भयो । सार्वभौम सत्ताको मजाक उडाइयो अति भयो भनेर । यो कुरा मामुली कुरा होइन । हिजो बिहान फेरि गठबन्धनको बैठक बस्यो । उनीहरुले हामीलाई मसल ठटाएर आह्वान गरे। पार्लामेन्टमै भेटौंला ।’

उनले अगाडि थपे, ‘अब प्रतिपक्षले भेट्न त परिहाल्यो । उहाँले के का लागि सामना गर्छौ भनेका हो । उहाँले वार्ता गछौं समस्याको समाधान गछौं भन्नुभएन । उहाँहरुले सामना गछौं भन्नुभएको छ । प्रतिपक्षको तर्फबाट म भन्न चाहन्छु सत्तापक्ष पार्लामेन्टमा मात्रै होइन । जहाँ भन्छ त्यही तयार छौं । जहाँ भन्छ त्यही। स्पट तोकेर बोलाए हुन्छ ।’