• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

भाग्यमानी हुन्छन् यी अक्षरबाट नाम सुरु हुने व्यक्तिहरु



एजेन्सी । हिन्दू धर्ममा कुबेरलाई धनको देवता भनेर सम्बोधन गरिन्छ । जसलाई भगवान् कुबेरको आशीर्वाद मिल्छ उसले जीवनमा धेरै पैसा कमाउँछ भन्ने मान्यता छ । आज हामी तपाईलाई यस्ता ४ नाम भएका व्यक्तिहरुको बारेमा बताउन गइरहेका छौँ जसमाथि भगवान कुबेरको विशेष आशीर्वाद हुन्छ ।

ज्योतिष शास्त्र अनुसार ‘ए’ अक्षर बाट नाम सुरु हुने व्यक्ति धेरै भाग्यशाली हुन्छन् । जीवनमा पैसा–अनाजको कमी कहिल्यै हुँदैन । धनका देवता कुबेर उनीहरूप्रति दयालु छन् । यी मानिसहरु बुद्धिमान हुनुका साथै मेहनती पनि हुन्छन् । यस विशेषताको कारण, यी व्यक्तिहरूले जीवनमा धेरै पैसा कमाउँछन् ।

अङ्ग्रेजीको ‘बी’ अक्षरबाट नाम सुरु हुने मानिसहरु मेहनती हुनुका साथै बुद्धिमान पनि हुन्छन् । यसका साथै उनीहरुले जुनसुकै काम सुरु गरे पनि त्यसमा सफलता प्राप्त गरिरहन्छन् । तिनीहरू कहिल्यै कसैको भर पर्दैनन् तर आफ्नो भाग्य आफै बनाउनमा विश्वास गर्छन् । यस्ता व्यक्तिले जीवनमा धेरै धन कमाउँछन् । जसका कारण उनीहरुको जीवनमा सुखसुविधाको कहिल्यै कमी हुँदैन ।

जसको नाम ‘के’ अक्षरबाट सुरु हुन्छ, उनीहरुको जीवनमा धनको कमी हुँदैन । यी व्यक्तिहरूले आफ्नो जीवनमा धेरै धन कमाउँछन् । जसका कारण उनीहरुको आर्थिक अवस्था राम्रो हुन्छ । धनका देवता कुबेरको विशेष कृपा हुन्छ । जिद्दी र भावुक हुनुका साथै यस्ता व्यक्ति धनको मामिलामा पनि धेरै भाग्यशाली हुन्छन् ।

‘एन’ अक्षरबाट नाम सुरु हुने मानिसहरु धेरै खुसी हुन्छन् । यी मानिसहरू आफ्नो जीवनमा कडा परिश्रम गर्छन् र यही मेहनतका कारण उनीहरू विलासी जीवन बिताउन सफल हुन्छन् । भगवान कुबेरको विशेष कृपाले उनीहरुको जीवन सदैव सुख–सुविधाले भरिपूर्ण हुन्छ ।