• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता



काठमाडौं । विश्वकप छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्केको छ ।

जिम्बाब्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी १० टिममध्ये नेपाल आठौँ स्थानमा रहेर स्वदेश फिर्ता भएको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका थिए ।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचेअनुसारको नतिजा नआएको तर धेरै कुरा सिकेको प्रतिक्रिया दिए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनको भनाइ थियो ।