![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँ घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन एक लाख १० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।