५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य डेरी एशोएिशन र डेरी उद्योग संघले नमान्ने (भिडियो सहित)

दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य डेरी एशोएिशन र डेरी उद्योग संघले नमान्ने (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताउनु भयो । उहाँले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताउनु भयो । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

अध्यक्ष सापकोटाले भन्नुभयो, ‘दुग्ध विकास संस्थानले एकतर्फी ९ रुपैयाँ उपभोक्ता मूल्य बढाइदिँदा हामी धेरै उद्योगीहरु मर्माहत अवस्थामा पुगेका थियौँ । हामीले दुग्ध विकास संस्थान घाटा पर्दा राज्यसँग अनुदान आदि इत्यादी लिएर सर्वाइभ हुने, हामीले त हाम्रो प्राइमरी पुँजी,इन्भेष्ट गरेर सञ्चालन भएको इण्डस्ट्री चलाउन सकिएन भने हामीलाई कठिन हुन्छ । अब दुग्ध विकास संस्थानको पछि लाग्यो भने हुँदैन, हामी हाम्रो हिसावले अघि बढ्नुपर्छ । डिडिसीले आफैँ बसेर निर्णय गरेको ३०÷६० को अवधारणालाई पनि टेकेन । १० रुपैयाँ नभइ डेरी इण्डस्ट्री सर्वाइभ हुन सक्दैन भन्ने कुरालाई पनि टेक्न सकेन । र आफू खुशीले मूल्य बढायो । हामी राष्ट्रिय दुग्ध विकास बोर्डले पहिला जे निर्णय गरेको थियो, १०÷७ मा जसरी भनेको थियो, त्यसरी दुग्ध विकास संस्थानले नमानेपछि हामी हाम्रो ढंगले अघि जान्छौँ । हामीले व्यवहारमा हेर्दा पनि यो व्यवहारिकतामुखी छैन । ४२ रुपैयाँ ५० पैसा छ, तर प्याकेट किन्दा ४३ रुपैयाँ लिइन्छ ।’

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताउनु भयो । उहाँले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताउनु भयो ।

व्यवसायी केडियाले भन्नुभयो, ‘दुग्ध विकास संस्थानलाई एउटा अभिभावक मान्दा मान्दै पनि यो पटक जुन किसिमको निर्णय दुग्ध विकास संस्थानबाट हुन गयो । यो मेरो विचारमा दुग्ध क्षेत्रको लागि राम्रो होइन । ४२ रुपैयाँ ५० पैसा व्यवहारिक पनि नभएको व्यापारीलाई हामीले ४२ को ठाउँमा ४३ दिन्छौँ । त्यो पैसा किसानलाई दियो भने केही हदसम्म राम्रो हुन्छ ।’

त्यस्तै अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णयले अव्यवहारिक भएको र यसकै कारण किसानहरु फस्टाउन नसकेको बताउनु भयो । उहाँले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानहरुलाई उचित मूल्य दिने बताउनु भयो ।  

दुग्ध व्यवसायी राजभण्डारीले भन्नुभयो, ‘यो दुग्ध विकास संस्थान दुग्ध विकास संस्थान जस्तो भएको यस्तै अव्यवहारिक निर्णय गरेर हो । दुग्ध किसानहरु आज फस्टाउन नसकेको कारण पनि यही हो । अब निजी क्षेत्रले यसको नेतृत्व गर्छ र किसानहरुलाई एउटा अन्तर्राष्ट्रिय स्तरको किसानहरुमा कसरी पु¥याउने भन्ने हामी भन्छौँ । हामी २÷३ वर्षअघि आत्मनिर्भरको अवस्थामा पुगिसकेका थियौँ । अब हामी फेरि आएर दुध अभावको स्थितिमा पुगेका छौँ ।’

दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज ९शुक्रवार० बाट लागू हुने जनाएको थियो । तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दुधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ ।