१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु रिमालले दिए प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

प्रचण्डको आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको अभिव्यक्तिपछि नेता रिमालले प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।

प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न भन्दै रिमालले सामाजिक सञ्जालमा लेखेका छन् – ‘हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो ?’

यस्तै, नेता रिमालले प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् – प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न !!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछरु यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो ?

पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्नेरगराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र ? माननीय ज्यू, तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ !