• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

‘विकास ऋणपत्र २०८६“च”’ नाम दिइएको उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र यसको खरिदकर्तामा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक रहने केन्द्रीय बैंकले जनाएको छ ।

यही असार २१ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने र ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र URL https://obss.nrb.org.np/pd sf] Online Bidding System Software मार्फत् बोलकबोल पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निष्काशन मिति २०८० असार २२ गते र साँवा भुक्तानी मिति २०८६ असार २२ रहने उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने जनाइएको छ ।

राष्ट्र बैंकले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाइने जनाएको छ ।