१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । मंगलबार साँझ सामान्य विवादका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार ३८ वर्षे कौशल मण्डलले महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नं १ बसबिट्टीका ४४ वर्षे श्रवण यादवमाथि गोली प्रहरी गरेका हुन् ।

यादव गम्भीर घाइते भएका छन् । मण्डलले यादवमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । यादवको कञ्चट र दाहिने कुममाथि गोली लागेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ ।

प्रहरीले मण्डललाई उनले प्रयोग गरेको पेस्तोलसहित घटनास्थलबाट प्रक्राउ गरिसकेको छ ।