२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । मंगलबार साँझ सामान्य विवादका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार ३८ वर्षे कौशल मण्डलले महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नं १ बसबिट्टीका ४४ वर्षे श्रवण यादवमाथि गोली प्रहरी गरेका हुन् ।

यादव गम्भीर घाइते भएका छन् । मण्डलले यादवमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । यादवको कञ्चट र दाहिने कुममाथि गोली लागेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ ।

प्रहरीले मण्डललाई उनले प्रयोग गरेको पेस्तोलसहित घटनास्थलबाट प्रक्राउ गरिसकेको छ ।