काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगरप्रहरी भर्ना गर्ने भएको छ । यसका लागि महानगरले आज एक सूचना जारी गरेको छ । महानगरले ६५ जना नगर प्रहरी जवानलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्नु भएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पर्क गर्न अनरोध गरेको छ ।
महानगरले गत यही असार १० गतेको रक्षा मन्त्रालयको पत्र मार्फत प्राप्त स्रन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तथा मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनमा सोही सूचीको योग्यताक्रम अनुसार करार सेवामा भर्ना गर्ने उल्लेख गरेको छ ।
यसका लागि महानगरले निवेदन, नागरिकता र प्रवेश पत्रको प्रतिलिपि बुझाउन आग्रह गरेको छ ।