२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले तोक्यो ‘नवीन राप्रपा’ अभियानका लागि प्रदेश संयोजक



अ+ अ-

काठमाडौं । राप्रपाले संगठन बिस्तारका लागि सातवटै प्रदेशका संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा-२०८०’को कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोक्नुभएको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार वरिष्ठ नेतातथा उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक तोकिएको छ । यसैगरी वरिष्ठ नेता, तथा उपाध्यक्ष बुद्धिमान तामाङ्ग मधेश प्रदेश ,वरिष्ठ नेता, तथा उपाध्यक्ष बिक्रम पाण्डे -बागमती प्रदेश संयोजक तोकिनु भएको छ ।

यसैगरी वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुब बहादुर प्रधान गण्डकी प्रदेश संयोजक, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र – लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी -कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वब पौडेललाई सुदुरपश्चिम प्रदेश संयोजक तोकिएको श्रेष्ठले जानकारी दिनुभयो ।