१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्शनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं ।आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई जितको लागि २ सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९विकेट गुमाउँदै २ सय ६८ रन बनायो ।

नेपालको लागि गुल्शन झाले अर्धशतकीय ईनिङ खेले । गुल्शनले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनी ५७ रनमा नटआउट रहे ।

यस्तै, ओपनर अर्जुन साउदले ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ५ चौका र २ छक्कासहित ४४ रन बनाउदा कप्तान रोहित पौडेल २९ रन बनाएर आउट भए । सन्दीप लामिछानेले ३२ रन जोड्दा भीम सार्कीले २० रन बनाए । यस्तै ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिर र क्रेग योंगले समान २ विकेट लिदा कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।