• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

ललितपुर जिल्ला अदालतका कर्मचारी कामकाज ठप्प पारी सर्वोच्चमा, असुरक्षा बढेको भनाइ -भिडियो सहित



काठमाडौँ । ललितपुर जिल्ला अदालतका न्यायाधीश कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् । कानून व्यवसायीहरुबाट आफूहरूलाई खतरा भएको भन्दै कार्यालय छाडेर उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

कानून व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

हिजो सोमबार बार एसोसिएसनको केन्द्रीय कार्यसमितिकै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर आमसभा गरी कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानून विपरीतको कार्य भएको भन्दै न्यायाधीश तथा कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश, स्रेस्तेदार विष्णुप्रसाद पाण्डे लगायतको समूह यति बेला सर्वोच्च अदालतमा पुगेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती विभागीय समिति सर्वोच्च अदालतका अध्यक्ष हरि भट्टराईले न्युजपोलारलाई जानकारी दिनुभयो । ।

न्यायाधीश र कर्मचारीहरु नै कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालत प्रशासनले उहाँहरुसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।
तर कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने बताएका छन् ।

कर्मचारीहरुले यथाअवस्थामा कार्यकक्षमा बसेर कामकाज गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले विवादलाई बढाउने भन्दा पनि समाधान गर्नुपर्छ नै भनेर लागेको तर बार एसोसिएसन भने यसलाई अतिरञ्जित बनाउन लागिपरेको आरोप लगाएका छन् ।

आफूहरु जसको गल्ती हो, उसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा भए पनि बार भने कर्मचारीको मनोबल गिराउने र क्षेत्राधिकार मिचेर सरुवाको माग गर्नतिर अग्रसर रहेको कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीहरू कार्यालयमा उपस्थित नभएपछि ललितपुर जिल्ला अदालतमा पेसी व्यवस्थापन लगायतको काम हुन सकेको छैन ।