• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल



काठमाडौँ । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसदको अवरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल सुरु भएको हो । सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि संसदको अवरोध हट्न सकेको । त्यसैले प्रचण्डले छलफल गरेका हुन् ।

कांग्रेसले सोमबार मात्रै आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । जसका कारण कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ ।