१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र आयरल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको सुपर सिक्समा पुग्न नसकेको नेपाली टोलीले आज सातौ स्थानका लागि टेस्ट राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्न लागेको हो । आज नेपाल टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

आजको खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफ्नो जादु देखाउने अपेक्षा गरिएको छ ।

नेपालले यसअघिको खेलमा यूएईलाई पराजित गरेको थियो । प्रतियोगितामा नवौँ र दशौँ स्थानका लागि बिहीबार यूएई र अमेरिका भिड्नेछन् ।