२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ वर्षपछि फर्कियो नाच्देउ मैच्याङ



अ+ अ-

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् ।

यो गीत शम्भुजितले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ ।

सोमबार परेको गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन् । भिडियोको निर्माता गायिका पाल्मु नै हुन् ।

‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु’, राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले भने । शम्भुजित नेपालको पहिलो म्यूजिक भिडियो निर्देशकसमेत हुन् ।

गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन् ।
भिडियोका मोडल पल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बास्कोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए ।

मोडल छिरिङ शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन् ।
हरि हुमागाईंको डीओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।