• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी

रास्वपाद्वारा सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली गठन



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।

प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठित उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने पार्टीले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ सो संख्यालाई बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार आरएटी संरचना वडादेखि केन्द्रसम्म हुनेछ । पार्टी महामन्त्री मुकुल ढकालका अनुसार आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ ।

आरएटी केन्द्रीय विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) रहनुभएको छ । महामन्त्री ढकालले उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने भन्दै विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको जानकारी दिनुभयो ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकालले बताउनुभयो । उहाँका अनुसार रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने भएको छ ।

आरएटीलाई दैवी प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि खटाइनेछ ।

केन्द्रीय आरएटी

संयोजक: प्रदिप तिमल्सेना (साजन शर्मा)
उप–संयोजक: प्रेम थापा
सचिव: फणिन्द्र पौडेल
कोषाध्यक्ष: कृष्णबहादुर थापा

सदस्यहरू:
राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान (मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत