• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी

मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण



नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका हुन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अंक जोडे । गुवाटेमाला दोश्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेश्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए । प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो ।

सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए ।