१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ ।

कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले उक्त जानकारी गराउनुभएको हो ।

कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उहाँले जानकारी गराउनुभएको हो । खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त विद्यार्थीहरुलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ ।

छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने नीति कामपाले लिएको छ । त्यसैगरी, सामुदायिक विद्यालयहरुको वित्तीय परीक्षणका आधारमा मूल्याङ्कन गरिने बताइएको छ । उहाँले कामपालाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाउने बताउनुभयो ।

आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शत्प्रतिशत छुटको घोषणा गरिएको छ । स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । त्यसैका लागि आज कामपाले नीति तथा कार्यक्रम ल्याएको हो ।