• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए



धनगढी । निराजन नेपाली र रितिका सुनारले मिस्टर एण्ड मिस एसपीएको उपाधि जितेका छन् ।

धनगढीको ओम प्यालेसमा शनिबार राति भएको एक कार्यक्रममा उनीहरुकाबीच उनीहरुले मिस्टर एण्ड मिस एसपीएको ताज पहिरिएका हुन् । धनगढी २ मा बस्ने निराजन एसपीएको स्नातक तहमा अध्ययनरत् छन् । धनगढी शिवनगरकी रितिका एसपीएको कक्षा १२ मा अध्ययनरत छिन् ।

मिस एण्ड मिस्टर एसपीएका विजेताहरु एक वर्ष एसपीए कलेजको ब्रान्ड एम्बास्डर बन्नेछन् । उनीहरुले एकवर्ष कलेजले छात्रवृत्ति उपलब्ध गराउनेछ । त्यसबाहेक उनीहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिस्टर एसपीए बनेपछि निराजनले मनोरञ्जन क्षेत्रमा मनोरञ्जन क्षेत्रमा आफूले देखेको पहिलो खुट्किलोका रुपमा यो उपाधि रहेको बताए । मिस एसपीए बनेकी रितिकाले भविष्यमा मोडलिङ प्रवेश गर्नका लागि मिस एसपीएको उपाधिले ठूलो सहयोग पुर्याउँने बताइन् ।

मिस्टर एपीएको फस्ट रनरअप कक्षा १२ मा अध्ययनरत् सागर चन्द भए । यस्तै मिस्टर ट्यालेन्टको उपाधि बीबीएस पहिलो वर्षका सुवास आग्रीले जिते ।

यस्तै मिस एसपीएको फस्ट रनरअप सन्ध्या सिंह र सेकेन्ड रनरअप प्रिति शाही घोषित भईन् । यस्तै मिस ट्यालेन्टको उपाधि रेखा धानुकले प्राप्त गरिन् ।

मिस नेपाल अर्थ २०२२ डा. शिर्षा श्रेष्ठ, कलाकार, निर्देशक तथा थियटर आर्टिस्ट पुष्पराज अवस्थी र मिस्टर नेपाल वल्र्ड २०१८ जीवन रेग्मीे जुरी मण्डलका रुपमा रहेका थिए ।

एसपीए कलेजले कला र मनोरञ्जन क्षेत्रमा रुचि भएका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस एण्ड मिस्टर एसपीए कार्यक्रम आयोजना गर्दै आएको छ । उनीहरुलाई झण्डै एक महिना लामो प्रशिक्षण पश्चात मिस्टर एण्ड मिस एसपीए कार्यक्रममा सहभागि गराइएको हो ।

यस्तै उक्त समारोहमा धनगढी थियटर्स एण्ड आर्टस क्लबले ऐतिहासिक सकुन्तलम नाटक समेत प्रस्तुत गरेको थियो ।