२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट



अ+ अ-

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।