१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्तीको बाढीमा फसेका छ ग्वालाको उद्धार



फाईल फोटो
अ+ अ-

कोहलपुर । बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो ।

शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए । छ जना ग्वालासहित ७८ वटा बाख्राको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बेलुका ५ बजे उनीहरु फसेको सूचना स्थानीयले प्रहरी र प्रशासनलाई जानकारी दिएका थिए ।

जानकारी पाएपश्चात् तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा सबैको सकुशल उद्धार गरिएको प्रजिअ आचार्यले बताउनुभयो । रासस