• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ: विराजभक्त श्रेष्ठ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो । यसको लागि जनचेतना जघाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘स्थापित राजनीतिक दलकै नेताहरुको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । बित्तिय पहुँचको जनचेतना पनि आवश्यक छ । किसान उद्यमीहरुको पहुँच पुगिरहेको छैन । शिक्षामा ध्यान दिनुपर्छ । कारबाही मात्र समाजलाई सुधार्ने सुचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ ।’

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धनका लागि नीति ल्याउनुपर्ने बताउनु भयो ।