२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ: विराजभक्त श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो । यसको लागि जनचेतना जघाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘स्थापित राजनीतिक दलकै नेताहरुको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । बित्तिय पहुँचको जनचेतना पनि आवश्यक छ । किसान उद्यमीहरुको पहुँच पुगिरहेको छैन । शिक्षामा ध्यान दिनुपर्छ । कारबाही मात्र समाजलाई सुधार्ने सुचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ ।’

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धनका लागि नीति ल्याउनुपर्ने बताउनु भयो ।