• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपाल र यूएई आज भिड्दै



फाईल फोटो

काठमाडौँ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ मा हरारेस्थित काशिंगा स्पोर्ट्स क्लबको मैदानमा खेल हुनेछ ।

यस खेलको विजेता टोलीले सातौ स्थानका लागि आयरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ । युएईले अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको थियो ।

नेपाल र युएईबीच कुल १४ खेल भएको छ । जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।

यसअघि आयरल्याण्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।