९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदलाई दिइने रकम रोकियो



अ+ अ-

काठमाडौं । सरकारले  दुईवटा महत्त्वपूर्ण र विवादित  कार्यक्रम  खारेज  गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक  वर्ष  २०७८/७९  को  बजेट  वक्तव्य जारी  गर्दै  स्थानीय  पूर्वाधार  साझेदारी  विकास कार्यक्रम र गरिबी निवारण कोष खारेज गरिएको बताए ।

स्थानीय   पूर्वाधार   साझेदारी विकास कार्यक्रमलाई  सांसदले  आफ्नो  निर्वाचन  क्षेत्रमा खर्च  गर्नका  लागि  प्रदान  गरिने  कोषका  रूपमा रकम  प्रदान  गर्दथ्यो । गत वर्ष सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि छ करोड रूपियाँका दरले बजेट विनियोजन गरेको थियो । 

कोभिड  महामारीको  रोकथाम,  नियन्त्रण  र उपचार  तथा  प्रभावितलाई  प्रदान  गरिने  राहत  एवं आर्थिक पुनरुत्थानका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने आवश्यकता र आमनागरिकको सुझावलाई समेत सम्मान  गर्दै  स्थानीय  पूर्वाधार  साझेदारी  विकास कार्यक्रम  खारेज  गरेको  अर्थमन्त्रीले  बताए । 

त्यस्तै, गरिबी  निवारणको  क्षेत्रमा  काम  गर्ने गरी स्थापना  भएको  गरिबी  निवारण  कोष  पनि खारेज गरिएको छ । कोष खारेज भएपछि कोषमा आबद्ध  करिब  ३२  हजार  सामुदायिक  समूहलाई सहकारीमा रूपान्तरण गरिनेछ । 

समूहले परिचालन गरेको १९ अर्ब आवर्ती कोषलाई   सहकारीको बीउ पुँजीका रूपमा उपयोग गरी गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।