३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

को हुन् ज्याक मा ?

को हुन् ज्याक मा ?
अ+ अ-

“यदि तपाईं सफल बन्न चाहनुहुन्छ भने अरूको गल्तीबाट सिक्नुहोस्। ताकि तपाईंले त्यो गल्तीको सामना कसरी गर्ने भनेर थाहा पाउनुहुनेछ।” यो भनाइ संसारका सबैभन्दा धनी व्यक्तिमध्ये एक ‘ज्याक मा’ को हो। ज्याक मा चीनका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्।

उनी एक उद्यमी, व्यवसायी, लगानीकर्ता, राजनीतिज्ञ र एक परोपकारी हुन् । उनी बहुराष्ट्रिय प्रविधि समूह अलिबाबा समूहका संस्थापक र पूर्व कार्यकारी अध्यक्ष हुन्।

अलिबाबाको स्थापना गर्नुअघि ज्याक माले शिक्षकको रूपमा काम गरेका थिए। तर इन्टरनेटको माध्यमबाट उनले चीनको ई–कमर्स क्षेत्रको दिशा बदलेर चीनको सबैभन्दा धनी व्यक्ति बने ।

कुनै समय मासिक १० डलर तलबमा शिक्षकको रूपमा काम गर्ने ज्याक माको कुल सम्पत्ति आज ३४.५ अर्ब डलर छ। ज्याक मा संसारका सबैभन्दा सफल उद्यमीहरू मध्ये एक हुन्।

तर ज्याक माको सफलताको यात्रा त्यति सजिलो थिएन। उनले बाल्यकालदेखि नै संघर्ष र असफलताको सामना गर्नुपरेको थियो । यसका बाबजुद पनि उनले हार मानेनन् र निरन्तर मिहिनेत गर्दै अगाडि बढिरहे ।

ज्याक माको प्रारम्भिक जीवन र परिवार

ज्याक माको जन्म १० सेप्टेम्बर १८६४ मा चीनको सिनजियाङ प्रान्तको हाङ्झाउको एउटा सानो गाउँमा गरीब परिवारमा भएको थियो।

ज्याक माका बुबा मा लाइफा र आमा चु वेनकाई दुवै परम्परागत नाटक र कथा कथनमा संलग्न थिए। उनीहरु चिनियाँ नृत्य पिङटान कलाकार थिए । गीतग
गाउने र बजाउने गरेर उनीहरु आफ्नो परिवारको गुजारा चलाउँथे ।

ज्याक माको बाल्यकालको नाम मा युन थियो। ज्याकको पनि एक दाइ र एक बहिनी छ। ज्याक र उनीहरू एकै समयमा हुर्केका थिए ।

ज्याक सानैदेखि अंग्रेजी सिक्ने मन पराउँथे। तर आर्थिक अभावका कारण उनीसँग अंग्रेजी सिक्ने पैसा थिएन । उनले १३ वर्षको उमेरदेखि अङ्ग्रेजी सिक्न थालेका थिए र हरेक दिन साइकल चढेर आफ्नो घर नजिकैको होटेल हङझाउ इन्टरनेशनल होटेलमा जाने गर्थे जहाँ विदेशी पर्यटकहरू बस्ने गर्थे।

ज्याक उनीहरूलाई चीनमा घुमाउँथे र यस क्रममा उनी पर्यटकहरूसँग टुटेफुटेको अंग्रेजीमा कुरा गर्थे। त्यस क्रममा उनले करिब ९ वर्ष पर्यटक गाइडको रुपमा काम गरे ।

जब ज्याकले अङ्ग्रेजी सिक्न थाले त्यसबेला चीनमा थोरै मानिसले अंग्रेजी बोल्न जान्दथे । किनभने त्यसबेला चीनको मुख्य भाषा चिनियाँ थियो र अंग्रेजी सिक्नु अनिवार्य थिएन। ज्याकले अन्य देशबाट आएका पर्यटकहरूबाट अङ्ग्रेजी मात्र नभई पश्चिमी देशहरूको प्रविधि र शैली पनि सिकेका थिए।

पर्यटक गाइडको काम गर्दा विदेशीलाई गाइड गर्ने क्रममा एकजना विदेशीसँग उनको मित्रता भयो, जसले स्वदेश फर्किएपछि पनि बारम्बार पत्र लेख्ने गर्दथे । त्यही विदेशी साथीले उनलाई ‘ज्याक’ नाम दिए । चिनियाँ भाषामा उनको नाम बोल्न र लेख्न निकै गाह्रो भएकोले त्यसबेलादेखि उनलाई ज्याक भनिन्छ।

ज्याक माको शिक्षा

ज्याक माको बाल्यकाल संघर्षले भरिएको थियो र उनले धेरै पटक असफलताको सामना गर्नुपरेको थियो। ज्याक पढाइमा खासै अब्बल थिएनन्। प्राथमिक शिक्षाका क्रममा उनी पाँचौँ कक्षामा दुई पटक र माध्यमिक शिक्षाका क्रममा आठौँ कक्षामा तीनपटक फेल भए । जसरीतसरी उनले हाईस्कुलसम्मको पढाइ पूरा गरे ।

त्यसपछि कलेजमा भर्ना हुन विश्वविद्यालयको प्रवेश परीक्षा दिँदा उनी यस प्रवेश परीक्षामा तीन पटक फेल भए । यसपछि ज्याक मा चीनको एक औसत कलेज ‘ह्याङझाउ टिचर्स इन्स्टिच्युट’ मा भर्ना भए र यहाँबाट सन् १९८८ मा अंग्रेजीमा स्नातक डिग्री हासिल गरे। स्नातकको समयमा ज्याक विद्यार्थी परिषदको अध्यक्ष निर्वाचित भए।

ज्याक मा एक शिक्षकको रूपमा

जब ज्याक माले आफ्नो स्नातक पूरा गरे, त्यही वर्ष उनको विश्वविद्यालयबाट ५०० जनाले पनि स्नातक गरे। ज्याक मा बाहेक सबैलाई माध्यमिक विद्यालयमा पढाउन पठाइयो। त्यो विश्वविद्यालयमा ज्याक माले मात्र पढाउने मौका पाए।

उनी त्यही विश्वविद्यालयमा अंग्रेजी र अन्तर्राष्ट्रिय व्यापारका शिक्षक भए जहाँबाट उनले स्नातक पूरा गरे। तर, स्नातक हुनुअघि नै उनी अंग्रेजीको शिक्षक बनेका थिए ।

ज्याकले त्यहाँ मासिक १० डलर तलब पाउथे । ज्याकले ५ वर्षसम्म अङ्ग्रेजी शिक्षकको रूपमा पढाए । यसै क्रममा उनी ‘विश्वविद्यालयमा उत्कृष्ट शिक्षक’ पनि चुनिए ।

ज्याकले ५ वर्ष अध्यापन गरेपछि विश्वविद्यालय छाडे । यस क्रममा उनले हार्वर्ड युनिभर्सिटीमा १० पटक आवेदन पनि दिए, तर हरेक पटक अस्वीकारको सामना गर्नुपरेको थियो ।

ज्याक माको करियर

ज्याक माको प्रारम्भिक करियर पनि संघर्ष र असफलताले भरिएको थियो। स्नातक पछि, ज्याकले ३० जागिरहरूको लागि आवेदन दिए तर, जताततै असफल भए ।

यति मात्र होइन, केएफसी चेन रेस्टुरेन्ट पहिलो पटक चीनमा आएपछि २४ जनाले यसमा जागिरका लागि आवेदन दिएका थिए । जसबाट २३ जना जना छनोट हुँदा उनीमात्र छनोट हुन सकेनन् ।

ज्याक मा सुरुदेखि अङ्ग्रेजीमा राम्रो थिए, जसका कारण धेरै अस्वीकृतिको सामना गरेर उनी कलेजमा लेक्चरर बने। त्यसपछि उनले केही समय अनुवादकको रुपमा पनि काम गरे । ज्याक माले पनि प्रहरीमा जागिरको लागि आवेदन दिएका थिए । तर प्रहरीका लागि योग्य नभएको भन्दै उनलाई अस्वीकार गरियो ।

ज्याकलाई कम्पनी खोल्ने विचार कसरी आयो ?

सन् १९९५ को कुरा हो, त्यो समयमा ज्याक लेनदेनको काम गर्थे । र, यही कामको सिलसिलामा त्यो वर्षको सुरुमा कम्पनीको कामका लागि एकपटक अमेरिका गएका थिए ।

त्यहाँ उनले आफ्नो साथी स्टुअर्टलाई भेटे। त्यहाँ उनले आफ्नो साथीबाट पहिलो पटक इन्टरनेटको जानकारी पाए । ज्याकले पहिले कहिल्यै इन्टरनेट प्रयोग गरेका थिएनन्। स्टुअर्टले ज्याकलाई इन्टरनेटको बारेमा बताउँदै भन्छन्, “ज्याक, तपाईंले इन्टरनेटमा जे चाहनु हुन्छ भेट्टाउन सक्नुहुन्छ।”

जब ज्याकले पहिलो पटक इन्टरनेट चलाए, उनले इन्टरनेटमा पहिलो शब्द ‘भालु’ खोजे । नतिजा देखेपछि उनी छक्क परे । किनभने इन्टरनेटमा उनले विभिन्न देशका अमेरिकी, जर्मन र जापानी भालुसँग सम्बन्धित धेरै जानकारी देखे।

तर त्यो खोजमा कतै पनि चीनको नाम नदेखिएको देखेर ज्याक छक्क परे । इन्टरनेटमा चीनको बारेमा जान्नका लागि ज्याकले केही सामान्य जानकारी खोजे। तर पनि इन्टरनेटमा चीनसँग सम्बन्धित सामान्य जानकारी उपलब्ध थिएन।

यो सबै थाहा पाएपछि, ज्याकले इन्टरनेटमा राम्रो सम्भावना देखे। त्यसपछि ज्याकले इन्टरनेटसँग सम्बन्धित केही काम गर्ने सोचेका थिए । यसपछि ज्याकले आफ्ना साथीहरूसँग यसबारे कुरा गरे र इन्टरनेटको बारेमा बताउँदै भने, “किन इन्टरनेटमा चीनको बारेमा पनि केही कुरा नबनाउने ।”

ज्याक माको पहिलो कम्पनी

यसपछि ज्याक माले आफ्ना साथीहरूसँग मिलेर एउटा पेज बनाए । जुन हेर्नका लागि खास केही थिएन, तर यो वेबसाइट सुरु भएको ५ घण्टाभित्रै उनलाई धेरै मानिसहरूबाट मेल आउन थाले। उनीहरु ज्याकसँग काम गर्न चाहन्थे । ज्याक माका लागि यो धेरै रोचक थियो र उनलाई लाग्यो इन्टरनेटमार्फत जे पनि गर्न सकिन्छ।

बनाए ‘चाइना येल्लो पेज’

सन् १९९५ मा ज्याकले आफ्नी श्रीमती र साथीहरुसँग मिलेर अर्को कम्पनी खोले र त्यसको नाम ‘चाइना येलो पेजेज’ राखे । त्यसपछि ज्याक मा र कम्प्युटर शिक्षक हे यिबिङले मिलेर चाइना पेजको पहिलो कार्यालय खोले। १० मे १९९५ मा उनले संयुक्त राज्य अमेरिकामा डोमेन नाम chinapages.com दर्ता गरे ।

कम्पनी सुरु गरेको तीन वर्षभित्रै कम्पनीले ५० लाख चिनियाँ युआनको नाफा कमायो जुन त्यतिबेला अमेरिकी डलर ८ लाख बराबर थियो। यससँगै ज्याक माले आफ्ना अमेरिकी साथीहरूको सहयोगमा चिनियाँ कम्पनीहरूको वेबसाइट बनाउन थाले।

सन् १९९८ मा ज्याकले आईटी कम्पनी ‘चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्स सेन्टर’को अध्यक्षको रुपमा काम गरेका थिए । तर सन् १९९९ मा उनले उक्त कम्पनीबाट राजीनामा दिए ।

अलिबाबाको सुरुआत

आईटी फर्मबाट राजीनामा दिएपछि ज्याक माले आफ्नै ई–कमर्स कम्पनी खोल्ने विचार गरे। सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टबाट १८ जनालाई भेला गरे र आफ्नो आइडियाको बारेमा दुई घण्टासम्म कुराकानी गरे । जसको सहयोगमा उनले साथीहरुबाट ६० हजार डलर जम्मा गरे । १७ साथीहरूसँग मिलेर उनले आफ्नो अपार्टमेन्टमा ६०,००० डलरको लगानीमा ‘अलिबाबा’ को जग बसाले।

सुरुमा ज्याक मा द्वारा स्थापित कम्पनी अलिबाबाले बिक्रेता र खरिदकर्ताबीचको लिङ्कको रूपमा काम गर्‍यो। ज्याकले कम्पनीको सुरुका दिनहरूमा धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो। किनकी कोही पत्याउन तयार थिएनन् ।

तर पछि अक्टोबर १९९९ मा, अलिबाबाले गोल्डम्यान साक्सबाट ५० लाख डलर र सफ्टबैंकबाट २ करोड डलर उठाउन सफल भयो। यो जापानी दूरसञ्चार कम्पनी हो, जसले आईटी कम्पनीहरूमा पनि लगानी गर्छ।

प्रारम्भिक चरणमा अलिबाबासँग न त कुनै अनलाइन भुक्तानी प्रणाली थियो न त अलिबाबाले सुरु गरेको ३ वर्षसम्म कुनै राजस्व उत्पन्न गर्न सक्षम थियो। तर यो समस्यालाई पार गर्न ज्याक माले सन् २००४ मा आफ्नो अनलाइन पेमेन्ट गेटवे अलिपे सुरु गरे। अलिपे एक तेस्रो पक्ष मोबाइल र अनलाइन माध्यम हो जसको माध्यमबाट खरिदकर्ता र बिक्रेताहरूले आर्थिक लेनदेन वा भुक्तानीहरू गर्छन्।

हाल ८० करोडभन्दा बढी प्रयोगकर्ताहरू अलिपे प्रयोग गर्छन्। यति मात्र होइन, आज अलीबाबा ग्रुप होल्डिङ लिमिटेड वाल–मार्ट स्टोरहरूलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो रिटेलर बनेको छ। २०० भन्दा बढी देशहरूमा सञ्चालनका साथ अलिबाबा संसारको सबैभन्दा ठूलो व्यापारिक प्लेटफर्म भएको छ।

Alibaba.com मा मुख्यतया तीन खण्डहरू छन्। पहिलो अङ्ग्रेजी भाषाको पोर्टल हो, Alibaba.com, जसले आयातकर्ता र निर्यातकर्ताहरूलाई बिक्रीको लागि जोड्दछ। दोस्रो, एक चिनियाँ पोर्टल,  1688.com, जसले चीनमा देशको व्यापारको लागि प्लेटफर्मको रूपमा काम गर्दछ।

तेस्रो  AliExpress.com, एक खुद्रा वेबसाइट जसले थोक मूल्यहरूमा थोरै मात्रामा उत्पादनहरूसँग खरिदकर्ताहरूलाई जोड्दछ। हाल, अलिबाबा समूहको कारोबार ३९.९ अर्ब डलरभन्दा बढी छ।

कसरी भयो कम्पनीको नाम अलिबाबा

ज्याक माले आफ्नो कम्पनी खोलेपछि उनले यसलाई विश्वव्यापी बनाउने सोच पनि राखेका थिए । जसका लागि उनले विश्वव्यापी रूपमा आफ्नो पहिचान बनाउन सक्ने कम्पनीको नाम राख्न आवश्यक थियो। यो सोच्दै गर्दा अचानक उनको दिमागमा ‘अलिबाबा’ को नाम आयो।

एक पटक जब ज्याक सान फ्रान्सिस्कोको कफी पसलमा बसिरहेका थिए, उनले त्यहाँ सेवा गर्ने वेट्रेसलाई सोधे, “के तपाईं अलिबाबालाई चिन्नुहुन्छ ?”

उनको प्रश्नमा वेट्रेसले जवाफ दिइन्, “त्यही हो नि– खुल जा सिम सिम ।”

यो सुनेर ज्याकले पनि हो भने । यसपछि ज्याकले अलिबाबाबारे थप ३० जनालाई सोधे, “के तपाईं अलिबाबालाई चिन्नुहुन्छ ?” र ती सबैको जवाफ ‘चिन्छु’ भन्ने थियो । त्यसपछि त के भयो ज्याकले आफ्नो कम्पनीको नाम अलिबाबा राखे । र यसरी उनको कम्पनीको नाम थियो– अलिबाबा।

ज्याक माको राजीनामा

ज्याक माले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिए। त्यसपछि उनको स्थानमा श्री झाङलाई नियुक्त गरिएको थियो। ज्याकले अलिबाबाबाट राजीनामा दिँदै भनेका छन्, “अलिबाबाको सीईओ हुनुभन्दा पडाउनु राम्रो हो । तिनीहरूले यो काम धेरै राम्रो तरिकामा गर्न सक्छन्।”

ज्याक माको व्यक्तिगत जीवन

ज्याक माले आफ्नी पूर्व प्रेमिका झाङ यिङसँग सन् १९८० मा विवाह गरेका थिए । दम्पतीको एक छोरी र एक छोरा पनि छन् ।

ज्याक र झाङ यिङको भेट ‘हाङ्जाउ टिचर इन्स्टिच्युट’ मा अध्ययन गर्ने क्रममा भएको थियो। स्नातक गरेपछि दुवै जना शिक्षकका रूपमा कार्यरत थिए । त्यसपछि सन् १९८० मा उनीहरुले विवाह गरे । ज्याक माको बारेमा उनकी श्रीमती झाङ यिङ भन्छिन्, “ज्याक सुन्दर छैनन्। तर म उनीसँग प्रेममा परेँ किनभने उनले धेरै चीजहरू गर्न सक्छन् जुन सुन्दर पुरुषहरूले पनि गर्न सक्दैनन्।”

नेपालमा ज्याक मा

ज्याक मा अहिले नेपाल आएका छन् । मंगलबार आफ्नो टोलीसहित निजी विमानमार्फत बंगलादेश हुँदै उनी नेपाल आएका हुन् । उनको नेपाल आउनुको प्रयोजन भने खुलिसकेको छैन ।

उनी बिहीबार चितवन घुम्न जाने कार्यक्रम पनि रहेको बताइएको छ। ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटलमा बसेका छन्।

उनी चितवनको मेघौली रिसोर्टमा पनि जाने कार्यक्रम रहेको बताइएको छ। मंगलबार दिउँसो ३ बजे उनले बौद्ध परिसरस्थित हिमालयन ह्यान्डीक्राफ्ट हाउसमा पुगेर केही सामान किनेका थिए ।

इ–कमर्स व्यवसायमार्फत नाम कमाएका ज्याक मा पछिल्लो समय चीन सरकारसँग सम्बन्ध चिसिएका कारण मुलुक बाहिर नै बढी रहँदै आएका थिए ।

सन् २०२० को अक्टुबरमा चिनियाँ बैंकिङ तथा वित्तीय नियमन प्रणालीको आलोचना गरेपछि ज्याक मा र चीन सरकारबीच सम्बन्ध चिसिएको थियो । त्यसपछि ज्याक मा सार्वजनिक कार्यक्रमहरुमा पनि देखा पर्न छोडेपछि कतिपयले चीन सरकारले गायब बनाएको समेत अनुमान गरेका थिए । करिब डेढ वर्ष उनी जापानमा बस्दै आएका थिए तर अहिले उनी चीनमा बस्न थालेका छन् ।

विभिन्न एजेन्सीको सहयोगमा