२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान उडे ज्याक मा



अ+ अ-

काठमाडौ । चिनियाँ अर्बपति ज्याक मा नेपालको तीनदिने भ्रमणपछि आज पाकिस्तानको लागि उडेका छन् ।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहान ११:२५ को फ्लाइटमा लाहोर उडेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनी मंगलबार दिउँसो आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौं आएका थिए। उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएका थिए ।

उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।

ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । साथै, उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।