२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाउनुभएको छ ।

कोशी प्रदेशसभाको कार्यसूचीअनुसार आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत लिनुअघि उहाँले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दललाई लिखित पत्र पठाउनुभएको हो ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।