५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलीपोर्ट बनाउन मन्त्रालयबाट पाएको सहमतिलाई प्राधिकरणले रोक्यो



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले काभ्रेको राउत गाउँमा सिम्रिक एयरलाई हेलीपोर्ट बनाउनु हवाई नीतिविपरीत रहेको भन्दै रोक लगाएको छ ।

हेलीपोर्ट बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सैद्धान्तिक सहमतिमाथि प्राधिकरणले हवाई नीतिविपरीत रहेको भन्दै रोकिदिएको हो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ २६ गते सिम्रिक एयरलाई काभ्रेको बनेपास्थित राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्न मन्त्रीस्तरीय निर्णयबाट बाटो खुला गरेको थियो ।

तर, प्राधिकरणले गठन गरेको कार्यदलको प्रतिवेदनले त्यसलाई कार्यान्वयन गर्न सम्भव नभएको औल्याएपछि महानिर्देशक प्रदीप अधिकारीले मन्त्रालयले गरेको सैद्धान्तिक सहमतिलाई रोकिदिएका हुन् ।

‘ऐनमा कुनै पनि विमानस्थल वा हेलिपोर्ट निजी जग्गामा निर्माण गर्न दिने कुरा परिकल्पनासमेत गरिएको छैन । विमानस्थल वा हेलिपोर्ट भनेको संवेदनशील विषय हो । विश्वभर नै सरकारी जग्गामा विमानस्थल वा हेलिपोर्ट निर्माण भएर संचालनका लागि मात्रै निजी क्षेत्रलाई दिने चलन छ,’ क्यानको पत्रमा उल्लेख गरिएको छ ।




भर्खरै