• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

सुपारीका यी उपायले विवाहको योग छिट्टै बन्ने !



एजेन्सी । पुजा–पाठमा सुपारीको विशेष महत्व छ । हिन्दू धर्ममा यसलाई पूजायोग्य मानिन्छ । पुजाको सुपारीमा जनै चढाएर पूजा गर्दा अखण्ड सुपारी गौरी–गणेशको रूप बन्छ । सुपारी लगभग हरेक धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसका साथसाथै ज्योतिषशास्त्रमा केही निश्चित र सहज उपायहरू पनि बताइएका छन् । जसले गर्दा मानिसको सुतेको भाग्य जाग्छ ।

बेसार, अबिर र चामल सुपारीमा मोली बेरेर कुनै पनि बिहीबार विष्णु–लक्ष्मी मन्दिरमा लुकाउनुहोस् । जसका कारण अविवाहित युवतीको विवाह चाँडै हुने सम्भावना रहन्छ । जब सम्बन्ध पक्का हुन्छ, तब विवाहसम्म उक्त सुपारी घरमा राख्नुपर्छ । त्यसपछि यसलाई नदी वा पोखरीमा विसर्जन गर्नुहोस् ।

आर्थिक संकटबाट छुटकारा पाउन सुपारीको प्रयोग गर्न सकिन्छ । यसका लागि गणेशजीको पुजा गरेपछि रातो कपडामा सुपारी बेरेर तिजोरी वा पैसाको स्थानमा राख्नुहोस् । यस उपायले तपाई पक्कै आर्थिक समस्याबाट मुक्ति पाउनुहुनेछ । सुपारीले आँखाको दोष पनि हटाउँछ । यदि घरको कुनै सदस्यलाई नराम्रो नजर लागेको छ भने त्यस व्यक्तिको टाउकोबाट ७ पटक सुपारी निकालेर हवनकुण्डमा जलाउनुहोस् । यसले नराम्रो नजर हटाउँछ र आउने समस्याबाट बच्न सकिन्छ ।

यदि तपाईको कुनै काम लामो समयदेखि रोकिएको छ भने त्यसको लागि आफ्नो पर्समा एउटा सुपारी र दुईवटा ल्वांग राख्नुहोस् । काममा जाँदा मुखमा ल्वांग राखेर मन्दिरमा सुपारी चढाउनुपर्छ । यो उपाय गर्नाले रोकिएका सबै काम पुरा हुन थाल्छन् । अर्कोतर्फ चाँदीको भाँडोमा अबीर राखेर कुनै पनि पूर्णिमाका दिन पूजाघरमा सुपारी राखेमा घरमा छिटै शुभ कार्य हुने गर्दछ ।