५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले बजेटको विपक्षमा भोट हाल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा रहे पनि प्रतिनिधिसभामा ६ जना सांसद रहेको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेसविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा सीके राउतले जानकारी दिनुभयो ।

देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयो ।

जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने उल्लेख गर्दै अध्यक्ष राउतले भन्नुभयो, “यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्त्वपूर्ण र ऐतिहासिक छ ।”

बोल्ने बेलामा एउटा अनि लोभलालचमा त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र अडान नभएका नेता सांसदले गर्दा देशको यो अवस्थामा आएको उहाँको भनाइ छ ।