• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ?

तुलसीपुर उपमहानगरमा ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम



दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ । सो कार्यक्रमअनुसार बालबिबाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ ।

उपमहानगरपालिकाले आइतबार पेश गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर स् सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा पनि अघि सारेको छ । उपमहानगरले आगामी आवका लागि कुल रु एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० को बजेट विनियोजन गरेको हो । जसमाआन्तरिक स्रोतबाट रु २१ करोड, स्थानीय तह राजस्व बाँडफाँट, मालपोत, रजिष्ट्रेसनबाट रु १२ करोड, ढुङ्गा गिट्टी दहत्तर बहत्तरबाट रु तीन करोड र विज्ञापन करबाट रु १५ लाख गरी कूल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ ।

पालिकाले सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान रु २९ करोड आठ लाख, ससर्त अनुदान रु ६५ करोड १३ लाख, समपूरक अनुदान रु ७५ लाख, विशेष अनुदान रु एक करोड र राजस्व बाँडफाँट सङ्घ रु २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट रु १५ लाख गरी कूल रु एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान रु दुई करोड ३६ लाख ५० हजार, समपूरक अनुदान रु दुई करोड, राजस्व बाँडफाँट प्रदेश रु दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कूल रु आठ करोड ७१ लाख २१ हजार सात सय ५० प्राप्त हुने अनुमान गरिएको छ ।

अन्य सङ्घसंस्था अनुदानमा नगर विकास कोष ऋण रु ११ करोड, युनिसेफ अनुदान रु ४५ लाख र सडक बोर्ड नेपालबाट रु एक करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । जसका लागि रु २५ करोडभन्दा बढी रकम छुट्याइएको छ ।

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड, यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम विनियोजन गरिएको छ । बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै, उपमहानगरपालिकाको आफँैले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ ।

त्यस्तै, वडा नं १, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ । रासस