१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पाकिस्तानसँग भिड्दै नेपाल



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली पहिलो जितको खोजीमा छन् । साथै, दुबै टोली नकआउट चरण पुग्नबाट बञ्चित छन् । तसर्थ दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहँदा पाकिस्तान पनि २ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

नेपाल र पाकिस्तानबीच हालसम्म १७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा पाकिस्तानले ७ खेल जित्दा नेपालले ५ खेल जितेको छ । साथै, ५ खेल भने बराबरीमा सकिएको छ ।