१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ स्थानीय तहले ल्याउन सकेनन बजेट



अ+ अ-

काठमाडौँ । स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आफ्नो सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  र बजेट पेस गनुपर्ने कानूनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् ।

कुन ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका संघका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्र बजेट पेस गर्न सकेनन् । त्यस्तै ४३६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्न नसेकेको गाउँपालिका महासंघले जनाएको छ ।

छ वटा महानगरपालिका रहेकोमा तीनले भने तोकिएको समयभित्रै बजेट ल्याएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका विभिन्न कठिनाइले गर्दा कानूनले तोकिएको समयसीमाभित्र बजेट सभामा पेस गर्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती हुनु, स्थानीय तहका प्रमुख अस्वस्थ हुनु, कतिपय स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम हुनु, प्रमुख र उपप्रमुखबीचको आन्तरिकद्वन्द्व रहेकाले ती स्थानीय तहले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट  सभामा पेस गर्न नसकेका हुन् ।