१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरनको शतकमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो ३७५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस हारेर ब्याटिको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन जोडेको हो ।

वेस्ट इन्डिजका निकोलस पूरनले शतकीय इन्ङ्सि खेले । ६५ बल खेलेका उनी ९ चौका ६ छक्कासहित १ सय ४ रनमा अविजित रहे । यस्तै ब्रान्डन किङले ७६, जोनसन चार्ल्सले ५४, कप्तान तथा विकेटकीपर शाई होपले ४७ र कीमो पाउलले नटआउट ४६ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीदे र सकिब जुलफिकरले २/२ विकेट लिए ।

नेदरल्यान्ड्स अब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।